Global Bhutanese Literature Organization (GBLO)

बिशव भूटानी साहित्य संगठन (जी.बी.एल.ओ )

Articles. 

गजल
एक व्याङ्ग्यात्मक गजल यहाँहरुलाई पस्किंदै छु । कस्तो लाग्यो सल्लाह सुझावको र प्रतिकृयाको अपेक्षा सहित.............!

कोही अघी बढ्यो भने खुट्टा तानी मज्जा लिऊँ
गाली गर्दा नपुगेमा लात हानी मज्जा लिऊँ

थिचौं,पेलौं कठै भनी व्यर्थ किन चिन्ता लिनु
उस्को मन दुखेको छ जानि-जानी मज्जा लिऊँ

आफु मात्रै सर्वोसर्वा अरुको के अस्तित्व र?
मै मपाइ हुनु धेरै राम्रो बानी मज्जा लिऊँ

सतिले छ सरापेको ईमान्दार कोही नहोस्
राम्रो काम गर्ने सबै पाजी ठानी मज्जा लिऊँ

कलियुग लागेपछी सत्य मर्छ भन्छ शास्त्र
बधाई छ ! यो युगको बिंडो धानि मज्जा लिऊँ

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३,रामेछाप
हाल: अबुधाबी,संयुक्त अरब ईमिरेट्स


 

भक्ती गजल

मानव देहले केही कृति छरेर जाउ।
दुई दिनको छ जीवन भक्ती गरेर जाउ।।

काम्क्रोध लोभको यो अथह सागरबाट।
अरु सबैलाई तारी सोयम तरेर जाउ।।

भक्तीको मार्ग छोडि बेलक्ष्य जानु कहाँ?
ज्ञानी र सज्जनको पाउ परेर जाउ।।

भोगेर दु:ख बाँच्न गाह्रो छ जिन्दगानी।
हिन र दुर्बलको दु:ख हरेर जाउ।।

बेकाबु मनको कालो वैराग्यले जलाउदै।
गोविन्द नाम प्यारो मनमा भरेर जाउ।।
आसम बोकाघाट २००६
 
By: Govinda Phuyel.
 

सन्देश

बिपनामा फुलनू तिमी
सपनामा होइन
समर्पणमाँ भुल्नु तिमी
कल्पनामा होइन

सुनील राइ  

 

गजल
एट्लान्टा सर्ने भए प्रस्ताव राख्छु प्रेम दिवासमा
माया गर्ने भए प्रस्ताव राख्छु प्रेम दिवासमा

जत्ती टेक्स्ट गर्छु तिम्लाई त्यो भन्दा बडी मलाई
टेक्स्ट भ र्ने भए प्रस्ताव राख्छु प्रेम दिवासमा

फेसबूकको साथी मध्य कुनै एउटा साथीले
माया छर्ने भए प्रस्ताव राख्छु प्रेम दिवासमा

जिन्दगीको यो यात्रामा एउटै सपना लीई
मसंगै मर्ने भए प्रस्ताव राख्छु प्रेम दिवासमा ।।
Vinod Nirola


 

राई अना
कस्को मन खुशी हुन्छ र आफ्नो मन्छे परही हुंदा
आंशु पुछी दिने कोही छैन एकान्तम यो मन रुदा
टुकृएको मुटु लिई जिउंने आधार खोजिरहेछु
कसरी म मुस्कुराउं आफ्नो रहर-भवाना कुहुँदा


२ । कर्न गुरुङ्
दिलको भाषाले झक्झकाउंछ
प्रेमको तरङगले ब्युझाउंछ
चाहनाभन्दा समर्पन महान
त्यही आत्मियताले नयां सुर्य जन्माउंछ
शब्द अस्त्रबाट दुई रुबाइयात्

कबिता - जिन्दगी

मलाई लाग्छ जिन्दगी यो अती रमाइलो
कहिले सजिलो कहिले गाह्रो झनै रमाइलो

बाधा आउछ जिन्दगीमा हाँस्दै स्वीकार्छु
बाधा नै हो उपलब्धी भन्दै अघी बढ्दछु,

एकबारको जिन्दगीयो केही गर्नुछ
जिन्दगीको परिभाषा मैले आँफै खोज्नुछ!!!!

By Ram Dhimal

गजल
शिर सधै शिर नै रहन्छ हुँदैन कहीले पाउँ
नसोच मलाई बैगुनी भनी बल्जाए तिम्रो घाउँ

भन्न त भन्थे बलेको आगो सबैले तापदछन
के थाहा मलाई जलेको माथि नुन चुक थपदछन
मनिसको सभाब पछार्न खोज्छ हेरेर पछी दाउँ

सुन सदा सुन नै रहन्छ झर्दैन चाँदीमा
थाहा छ मलाई फस्दैछु आज म आफै आधीमा
तिमी सधै निर्दोसी बन दोस जती मलाई लाउँ

तिर्खाएको थिए खोज्न त खोजे भेटीन तलाउ
जलेको माथि यो मन फेरी कसरी जलाऊ
चुदोछ मन काहाँ गई यसलाई कसरी म छाउँ

Bhutanese Writers And Readers.

Photos of Bhutanese Writers And Readers.             "Literature"        

sabinYam ThulungMy Photo

Bishan RaiDSC00050Photo

Bisan Thulung    Shayam Khanal               Rajen Rai           Jeeten Muskan

Ram Dhimal

Amrit Regmi             Ram Dhimal                Ashok Sampang     Karna Gurung

      

Balaram Sinchuri          Krish Rizal            Krishna Limbu          Pasang Zimba 

  hem kumar gurung

Jeeten Khadka         Tri Brikram Adhekari      Hem Kr Gurung        Shankar Gurung

Editorial

Bhutanese Literature in past few year being very world wide through different media like Google, Wekipedia, Blog posts, Youtube.............Read More.....

Articles:

गजल

बिरहीको सारङ्गीले गीत गाउँन किन छाड्यो

एउटै नाता एकै रगत किन आज टाढा बन्यो ।

 

अँधेरीको जुन आज किरण बिनै छल्ली गयो

सुशेलीको बतासले जिन्दगी नै उजाड भयो।

 

सँगर्षको पाइला आज बड्दै किन रोकी’ रह्यो

हाँसो आँसु रोदन आज मन भित्रको घाउ भयो ।

 

नयनरुपी आँखाबाट थोपा किन सागर बन्यो

एउटै कोख एकै काख किन आज छुट्टै भयो।

By Crish Rizal

________________________

रुबाइ

तिम्रो मुस्कान आंखबाट हाटाउन सकिन

जती बाहाना गरे नि तिम्रो

आकृती अन्तै सटाउन सकिन

 

तिम्रो साथ हुने चाहत यती भो' ?

दिन त जसो-तसो; तिमी

बिना रात कटाउन सकिन

Sabda Astra.

Recent Videos

879 views - 5 comments
939 views - 4 comments
701 views - 1 comment

Featured Products

No featured products
No recent posts

Upcoming Events

No upcoming events